ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लब समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गर्यो– प्रवक्ता बाँस्कोटा


admin

काठमाडौं, २ माघ । विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताउनुभयो । “लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतङ्ककारी क्रियाकलाप हो”, उहाँले भन्नुभयो, “लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।”विप्लब समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उहाँले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताउनुभयो । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले सो हर्कत गरेको बताउनुभयो ।

“विप्लबले कब्जा गरेर जग्गा कब्जा हुँदैन । नेपाल सरकार आफैँले ललिता निवासको जग्गाको सम्बन्धमा छानबिन चलाइरहेको छ । त्यो अरु कसैले भनेर होइन, जग्गा हिनामिना भएको छ भन्ने सरकार आफैँले थाहा पाएपछि छानबिन गरेको हो”, उहाँले भन्नुभयो, “त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यो जग्गाको वास्तविकता पत्ता लगाउँछौँ, सरकारी जग्गा व्यक्तिलाई दिन सकिँदैन ।” विप्लब समूहलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उहाँले विप्लब समूहको केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गर्नुभयो । “उहाँहरु ९विप्लव समूह० सरकारले आरोप लगायो भन्नुहुन्छ, सरकारले यहाँयहाँ आक्रमण गर त भनेको छैन नि १ उहाँहरुले टेलिफोनको टावर ध्वस्त बनाउनुभएको छ । यो त जनताको सम्पत्ति हो । एक÷एक पैसा तिरेर देशले बनाएको हुन्छ”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “त्यो त सरकारको सम्पत्ति होइन नि, जनताको सम्पत्ति हो नि १ जनताको सम्पत्तिमाथि किन खेलबाड गर्नुप¥यो रु”

‘रावलको ज्यान सुरक्षित छ’

प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उहाँमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गर्नुभएको छ । “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उहाँले भन्नुभयो, “यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।”

“रावल नेकपाकै नेता हुनुहुन्छ, उहाँको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ । पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उहाँले भन्नुभयो, “उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटार धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।”

डेपुटी गभर्नरलाई सफाइ

वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ । प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको प्रष्ट पार्नुभयो ।

“श्रेष्ठका बारेमा छानबिन भएको हो, छनबिनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ पाएको अवस्था हो”, उहाँले भन्नुभयो, “केही पनि प्रमाण फेला नपरीकन कारबाही गर्नै पर्छ भनेर हुँदैन, छानबिन भएको हो, केही फेला परेन ।”

मुलुक निर्माणमा नेकपा र नेका भाइभाइ

प्रवक्ता बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी०अन्तर्गतको आर्थिक सहायता स्वीकार गर्ने प्रक्रिया झण्डै एक दशक अघिदेखि अगाडि बढेको जानकारी गराउनुभयो । एमसिसी सहायतामा कुनै राजनीतिक विषय नजोड्न आग्रह गर्दै उहाँले निकै लामो प्रक्रिया पार गरेर मात्रै अमेरिकाले नेपाललाई सहायता दिन लागेको बताउनुभयो । “सो सहायता स्वीकार गर्ने सम्बन्धमा विभिन्न कालखण्डमा विभिन्न नेताले त्यसको नेतृत्व सम्हाल्नु भएको छ”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “सबैले यो अनुदान स्वीकार गर्न हुँदो रहेछ भन्ने ठानेर नै सम्झौता भएको होला भन्ने मलाई लागेको छ ।”

प्रवक्ता बाँस्कोटाले मुलुकको समृद्धिको अभियानमा नेकपा र नेपाली काँग्रेस भाइभाइ नै भएको टिप्पणी गर्नुभयो । “काँग्रेसमात्र होइन अन्य दल पनि त्यसमा पर्छन् । हामीले चाहेको यही हो”, उहाँले भन्नुभयो, “देश निर्माणमा सँगसँगै काम गर्नुपर्छ । विचारको प्रसङ्गमा आमनेसामने भइरहन्छ । त्यसैले त सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । सत्ता पक्ष र प्रतिपक्ष कहिले आमनेसामने हुन्छन् त कहिले सँगसँगै काम गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com