ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सशक्तीकरणका लागि प्राविधिक शिक्षातर्फ जोड दिनुपर्छ– अर्थमन्त्री खतिवडा


admin
पुस २६, २०७६ शनिबार  ८ : ५० बजे

काठमाडौं, २६ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । प्रदेश नं २ का सरकारले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश समन्वयन परिषद्को बैठक’ मा उहाँले भन्नुभयो, “ विशेषगरी महिला सशक्तीकरणमा प्रदेश सरकारसँग सङ्घीय सरकारले सहयोग र सहकार्य गर्छ ।”

अर्थमन्त्री डा खतिवडाले महिला सशक्तीकरणका लागि उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोडदिनुपर्ने उल्लेख गर्दै महिला शिक्षित भए समाजबाट दाइजो प्रथा आफैं अन्त्य हुने हुँदा सङ्घीय सरकारले छोरी शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । राष्टिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले जनतालाई प्रत्यक्ष लाभान्वित हुने किसिमको पञ्चवर्षीय योजना ल्याई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्नमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगको निर्देशनानुसार समयमै योजना बनाउन प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम राख्न आफूले स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com