ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन लिग पाँचौं चरणका खेल सकियो, त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा


एबीसी न्यूज
पुस २५, २०७६ शुक्रबार  ४ : ०६ बजे

काठमाडौं, २५ पुस । शहीद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणको खेलहरु सकिएका छन् । पाँचौँ चरणमा आइपुग्दा विभागीय क्लब त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा पुगेको छ ।जारी लिगमा अहिलेसम्म अपराजित रहेको आर्मीले बिहीबार फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानामा उक्लिएको हो । पाँच खेलमध्ये आर्मीले ४ खेलमा जित हात पार्दै १२ अंक बनाएको छ । तर अपराजित रहेको मनाङले भने ११ अंक मात्रै बनाएको छ । मनाङले ३ खेलमा जित र २ खेलमा बराबरी गर्दै ११ अंक बनाउँदै दोस्रो स्थानमा झरेको हो । यस्तै अर्को अपराजित टिम मछिन्द्र भने १० अंकका साथ तेस्रो स्थानमा छ ।

अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेकाले एक अंक घटाउँदा तीन खेलमा जित र २ खेलमा बराबरी खेल्दा १० अंक मात्रै भएको हो । थ्रीस्टार क्लब १० अंकका साथ चौथो स्थानम रहँदा जावलाखेल युथ क्लबले २ खेलमा जित र तीन खेलमा बराबरी गर्दै ९ अंकका साथ पाँचौँ स्थानमा राख्न सफल भएको छ । नेपाल पुलिस क्लब ८ अंकसहित छैटौँ स्थानमा रहँदा संकटा सात अंकसहित सातौँ स्थानमा छ । ६ अंक जोडेका ब्रिगेड ब्वाइज क्लब आठौँ स्थानमा छ भने गत संस्करणको २ अंक घटाएको एनआरटी ५ अंकसहित नवौँ र समान ५ अंक जोडेको च्यासल दशौँ स्थानमा छ । यस्तै ४ अंक जोडेको एपीएफ ११ औँ स्थानमा छ भने ३ अंक जोडेको शेर्पा १२ औँ स्थानमा छ । त्यसैगरी २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औँ स्थानमा छ भने तालिकामा अंकको खाता खोल्न नसकेको सरस्वती पुछारमा रहेको छ । पाँचौं चरणका सबै खेल भने दशरथ रंगशालामा सञ्चालन भए ।

तर वर्षाले प्रभावित भएपछि खेल सोमबारदेखि मात्रै शुरु भएको थियो । शनिबारदेखि शुरुहुनु पर्ने खेल सोमबारदेखि शुरु भएपनि हरेक दिन जसो चिसो मौसमकाबीचमै खेलहरु सञ्चालन हुन पुगे । पाँचौं चरणको पहिलो खेलमा एनआरटी र जावलाखेल युथ क्लब भिडेका थिए । जसमा दुवै टिम गोलरहित बराबरी खेले । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र मछिन्द्रबीचको खदेल सकिएपछि मैदानमै झगडा गरेकालरे दुवै टिमका ३–३ जना खेलाडी कारबाहीमा परे भने क्लबलाई ५० हजारका दरले जरिबाना सुनाइयो । मछिन्द्रको टिममा रहेका अधिकांश खेलाडीहरु गत सिजन मनाङमा रहेका थिए । उनीहरुका बीचमा झडप हुँदा प्रहरी नै परिचालित भए । एन्फाको अनुशासन समितिले त्यस दिनको घटनाको भिडियो फुटेज अध्ययन गरी मछिन्द्र र मनाङका तीन तीन खेलाडीलाई कार्वाही गर्ने निर्णय गरेको हो ।

मनाङका जगजीत श्रेष्ठ र अशोक बराललाई ५–५ खेलको प्रतिबन्ध लाग्दा मनाङकै रञ्जन विष्टसहित मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । एन्फाले जगजीतलाई १० हजार रुपैयाँ जरिवाना पनि लगाएको छ । एन्फाको अनुशासन कमिटीले विहिबार दुबै क्लवका दोशी खेलाडीलाई कारवाही गर्ने निर्णय गरेको हो । यसका साथै मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । यसका साथै उनलाई पनि १० हजार रुपैयाँ जरिवाना लगाएको छ । दुबै क्लवलाई एन्फाको अनुशासन कमिटीले ५०–५० हजार जरिवाना तिराउने निर्णय पनि गरेको जनाइएको छ । तेस्रो खेलमा फ्रेण्ड्स र सरस्वतीले गोलरहित बराबरी खेल्दै एक एक अंक हात पारे । पाँचौं चरणको चौथो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाईजबीच खेलेका थिए । जसमा थ्रीस्टार ३–१ गोल अन्तर विजयीहुँदै आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो ।

पाँचौं खेलमा विभागीय क्लब नेपाल पुलिस र च्यासल युथ क्लब २–२ गोलको बराबरी खेले । यो खेल यसकारण अविष्मरणीय रह्यो की, च्यासलका कप्तान सन्तोष साहुखलले ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाउन सफल भए । पहिलो र दोस्रो चरणको खेलमा गरि ३ गोल गर्दै ९९ गोल संख्या पुर्याएका सन्तोष पछिल्ला दुई खेलमा गोल गर्न असफल भएका थिए । तर उनले पुलिसविरुद्ध १ गोल गरेसँगै ए डिभिजन लिगमा १०० गोल गर्ने नेपालको पहिलो खेलाडीको रुपमा कीर्तिमान बनाए । साथै उनले नै गरेको व्यक्तिगत दोस्रो गोलले पुलिससँग एक अंक लिन पर्याप्त बन्यो । सन्तोषले पुलिसविरुद्ध गरेको २ गोलले लिगमा गोलसंख्या १०१ बनाएका छन् । सन्तोष जारी लिगमा सर्वा्धिक गोल गर्ने खेलाडी पनि हुन् । उनले अहिलेसम्म ५ गोल गरिसकेका छन् । छैटौं खेलमा संकटा र एपीएफ भिडेका थिए । जसमा संकटाले एपीएफमाथि ४–२ गोल अन्तरको जित निकाल्दै एकै पटक लिगमा ४ स्थान सुधार गर्न सफल रह्यो । सकंटा पाँचौं चरणको जितसँगै तालिकाको सातौं स्थानमा उक्लिएको छ । अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र पुछारको फ्रेण्ड्स क्लब भिडेका थिए । जसमा आर्मीले फ्रेण्ड्समाथि १–० को साँघुरो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । छैटौं चरणका खेलहरु अब शनिबारदेखि शुरुहुने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com