ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकरण प्रक्रियामा विद्यार्थीका माग सम्बोधन हुन्छ– अध्यक्ष प्रचण्ड


admin

काठमाडौं, २३ पुस  । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू क्रान्तिकारीका पदाधिकारीले दाहाललाई भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताउनुभएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिनुभयो । उहाँले अनेरास्ववियुका इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोढ ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङसँग छलफल गरेर असन्तुष्टि विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताउनुभयो ।

पूर्वसचिव साउदले विद्यार्थी राजनीतिमा क्रियाशील हुँदाहँुदै व्यक्तिगत रिसईवीका कारण आफूहरुलाई केन्द्रीय कमिटीमा नराखिएको बताउनुभयो । उहाँले आफूलाई परेको अन्यायबारे महासचिव विष्णुप्रसाद पौडेल, विद्यार्थी इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाललाई समेत जानकारी गराउने बताउनुभयो ।अनेरास्ववियुको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ गरी ३३५ जनाको बनाइएको छ । पूर्वसचिव साउदका अनुसार कमिटीमा पूर्वक्रान्तिकारीका १३ जना पदाधिकारीलाई राखिएको छैन । क्रान्तिकारीको महाधिवेशनबाट निर्वाचित हुनुभएका उपमहासचिव दीपक जोशी, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, आशा तमु तथा सचिव डिवी साउद र नारायण खनाललाई एकतापछि बनेको केन्द्रीय कमिटीमा नसमेटिएपछि असन्तुष्टि हुनुभएको छ ।

एकतापछि बनेको अनेरास्ववियुको यही पुस १८ गते ३३५ सदस्यीय केन्द्रीय कमिटी, १११ केन्द्रीय सदस्यको सचिवालय, ४५ जनाको स्थायी कमिटी र २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरी टुङ्ग्याइएको छ । अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com