
काठमाडौं, २३ पुस । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका नुवाकोट, धादिङ, मकवानपुरलगायतका स्थानमा वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।
भोली दिउ“सो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरि, शुक्रबार दिउ“सो देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बा“की स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ शुक्रबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले वर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपायहरु अपनाउन अनुरोधसमेत गरेको छ । रू







प्रतिक्रिया दिनुहोस्