ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूलो परिमाणमा छोकडा बरामद


admin

काठमाडौं, १९ पुस । विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम चलिरहेकै बेला पछिल्लो समय छोकडासमेत तस्करी हुन थालेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य सार्वजनिक भएको हो ।

नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ । सरुवा भई पाँच दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय आएका प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो । इन्जिन नभएको स१त ८७४४ नंको ट्र्याक्टरको ट्रलीबाट तीन हजार ५०० किलो छोकडा बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । उक्त ट्र्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१ बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।

पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले बताएका छन् । पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोवारमा आकर्षित छन् र सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन् ।स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ । नेपालबाट अनौपचारिक कारोवार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com