काठमाण्डौं, १ मंसिर । नेपाली कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर रामशरण महत चढेको गाडीलाई लक्षित गरी एम्बुस विस्फोट भएको छ ।
महतसहित चुनावी प्रचार–प्रसारमा रहेको टोली ककनी–५ स्थित चियाबारीमा एम्बुसमा परेको हो । ककनीबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा काँग्रेस महाधिवेशन प्रतिनिधि उपेन्द्र मिश्रलगायत ५ जना सख्त घाइते भएको नेविसंघ नुवाकोटले जनाएको छ । उम्मेदवार महतको गाडी भने केहीपछि रहेकाले एम्बुसबाट जोगिएको हो । घाइतेहरुलाई ककनीबाट हेलिकप्टमा काठमाडौं उपचारको लागि ल्याउने तयारी भइरहेको छ । शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले घटनलगत्तै प्रहरी घटनास्थल पुगेको र आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो । पछिल्लो समय उम्मेदवारलाई लक्षित गरि निरन्तर बम आक्रमण भएको छ । अहिलेसम्म ८ जना उम्मेदवारमाथि गोली तथा बम आक्रमण भइसकेको छ । सरकारले भने उम्मेदवारलाई सुरक्षा दिन कुनै कसुर बाँकी नराख्ने भनेपनि उम्मेदवारमाथि निरन्तर आक्रमण भएको छ
प्रतिक्रिया दिनुहोस्