
काठमाडौं, १४ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदको यही अधिवेशनबाट पारित हुने सरकारले जनाएको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताउनु भएको हो । एमसीसीबारे आम जनताले उठाएका सवाल जायज भए पनि यथार्थमा जानुपर्ने भन्दै संसदले पास गर्ने उहाँले जनाकारी .दिनुभयो ।
।एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उहाँले भन्नुभयो ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’परराष्ट्र मन्त्रालयले यसअघि व्यक्त गरेको धारणा नै आधिकारिक भएको उहाँले बताउनु भयो । साथै एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्