ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाब्वेको राष्ट्रपति रोबटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न सेनाको आग्रह


admin
मंसिर १, २०७४ शुक्रबार  १२ : १३ बजे

काठमाण्डौं, १ मंसिर । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् ।

३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ । तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । मुगाबेलाई कुन भूमिका दिने भन्नेबारेमा भएको वार्ता निरर्थक बनेको छ । विपक्षी नेता मोर्गान त्स्भानगिराईले भने अहिले चालिएको कदम जनइच्छा बमोजिम भएकाले मुगाबेले तत्काल पद छाड्नुपर्ने माग गरेका छन् । ९३ वर्षीय शासक मुगाबेमाथि आफ्नो ३७ वर्षे शासन टिकाउन मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लाग्ने गरेको छ । बुधबार आफ्नै निवासमा सेनाले नजरबन्दमा राखेका मुगाबेले सजिलै सत्ता छाडेमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताइए पनि मुगाबेले आफू अझै वैधानिक राष्ट्रपति भएको भन्दै पद त्याग्न मानेका छैनन् । दक्षिण अफ्रिकी विकास समुदाय र अफ्रिकी युनियनलगायतका क्षेत्रीय संगठनले सैन्य नियन्त्रणलाई अनुमोदन गर्नुभन्दा पनि संकटलाई लिएर संवैधानिक रुपमा सही हुने समाधान दिन मध्यस्थताको प्रयास गरेका हुन् । ९३ वर्षीय राष्ट्रपति मुगाबेले सन् १९८० मा अल्पसंख्यक श्वेत शासकलाई पन्छाए यता लगातार जिम्बाब्वेको नेतृत्व गरिरहेका छन् । तर हालै उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेपछि सत्तारुढ जानू पिएफ दलमा पनि विभाजन निम्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com