
काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीका लागि गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । आज चितवनको सौरहामा हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलन विकासको कुरामा खुट्टा तानातान गर्न नुहने बताउनुभयो । प्रचण्डले अवको दशकलाई विकास र समृद्धिको दशकका रुपमा अगाडि बढाउन आह्वान गर्नुभयो । तर, इतिहासका धेरै कुरा, आन्दोलन परिवर्तनका लागि नेपाली एकजुट भए पनि विकास र समृद्धिका लागि अहिलेसम्म एकजुट हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सबै नेपाली एकजुट रहेको बताउनुभयो । उहांले इतिहास, संस्कृति राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डताका निम्ति सवै एक हुनुपर्ने बताउदै नेपालको भूमि कसैले एक इन्च पनि मिचेको सहन नसक्ने प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले नेपालीको आफ्नै संस्कृति, मूल्य, मान्यता, मनोविज्ञान भएको र त्यही अनुसार अगाडि बढ्न चाहेको समेत बताउनुभयो । उहाले नेपालको गौरवशाली इतिहासलाई स्मरण गर्दै विकासको लक्ष्यमा गति दिन संकल्प र प्रतिवद्धता गर्ने बेला आएको धारणा राख्नुभयो ।







प्रतिक्रिया दिनुहोस्