ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकुञ्जभित्र रिसोर्ट खुल्दै


admin

वीरगञ्ज, ३० कात्तिक ।  बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने क्रम बढ्न थालेको हो ।

आरक्षबाट निकुञ्जमा स्तरोनन्ति भएपछि यस क्षेत्रमा ठूलो लगानीमा होटलसमेत खुल्न थालेको हो । होटल व्यावसायीले स्वदेशी तथा विदेशी पर्यटकलाई तान्न ठूलाठूला लगानीमा होटल तथा रिसोर्ट निर्माण गर्न थालेका छन् ।

होटल व्यवसायी मोहन शर्माले रु दुई करोड ५० लाखको लगानीमा एलिफेन्ट भिलेज रिसोर्ट निर्माण गर्न लाग्नुभएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो रिसोर्टमा सुविधासम्पन्न कोठा, खाने बस्ने व्यवस्था पौडी पोखरी, निकुञ्ज घुमाउने पथप्रदर्शकको व्यवस्था गरिएको छ ।

करिब ६७३ वर्गकिमी क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज धार्मिक तथा जैविक विविधताले भरिएको छ । सिमरास्थित चारतारे होटल इच्छाका सञ्चालक इच्छाबहादुर बाग्लेले हात्तीसार क्षेत्रमा होटल निर्माण गर्ने योजना राख्नुभएको छ । करिब रु तीन करोडको लगानीमा निर्माण गरिने सो होटल सुविधासम्पन्न हुने बताइएको छ ।

जैविक विविधताले भरिएको तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको निकुञ्जमा होटल तथा रिसोर्ट व्यवसायीको सम्भावना रहेकाले व्यवसायप्रति आकर्षित हुनु यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्न जाने विश्वास निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो ।

बारा र पर्साको सीमामा पर्ने निकुञ्जभित्र दुर्लभ जनावर लोप हुँदै गइरहेको पशुपक्षी हेर्न प्रत्येक वर्ष दुई हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यस क्षेत्रको आर्थिक विकासका रुपमा रहेको दु्रत मार्ग (फास्ट ट्र्याक) र विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

उद्योगपति प्रदीप केडियाले निकुञ्जमा होटल खुल्नु सकारात्मक भएको बताउनुभयो । निकुञ्जमाथि चुनौती थपिदै गएकाले यसलाई हटाई पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com