ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा समूहलाई निब्र्याजी रु बीस लाख ऋण


admin
कार्तिक ३०, २०७४ बिहीबार  १ : ०७ बजे

इलाम, ३० कात्तिक । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ ।

समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समिति इलामका प्रमुख बाबुराम पोखरेलले बताउनुभयो ।

समितिले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको समितिका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो । ऋणबाट १० जना युवा संलग्न रहेको समूहले सामूहिकरूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

ऋण पाउनेमा चम्जम्लुङ उद्यमशील युवा विकास संस्थाले होमस्टे सञ्चालन गर्ने जनाएको छ । जनज्योति कृषि तथा पशुपालन समूहले ब्रोइलर कुखुरापालन, सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् ।

राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सो रकम परिषद्ले सिधै उपलब्ध गराउन नमिलेपछि नेफ्स्क्युन वित्तीय संस्थासँग सम्झौता गरी इलाममा हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थामार्फत रकम वितरण गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com