काठमाडौं, १० पुस । बिहीबारको सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले ुरिङ्ग अफ् फायरु नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।
नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको (रिङ्ग अफ् फाय) नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने विज्ञप्तिमा उल्लेख छ । बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेटमा मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहणको समयमा नेपालबाट १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिने सोसाइटीले जनाएको छ । नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण हेर्न बिहान साढे ६ देखि पौने १२ बजेसम्म काठमाण्डौको बत्तिसपुतलीमा रहेको सोसाइटीको कार्यालयमा जान सकिने सोसाइटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्