ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत


admin
पुस २, २०७६ बुधबार  ३ : १२ बजे

काठमाडौं, २ पुस । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेल्नुभयो । ‘खेलको म्यान अफ दि म्याच’ मल्लले ३८ बलमा आठ चौका र नौ छक्कासहित टोलीका लागि महत्वपूर्ण १०० रनको योगदान दिनुभयो ।

धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो । मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो ।

धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न सक्नुभएन भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिनुभयो । श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाउनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्को रन जोड्न सक्नुभएन ।काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई/दुई तथा अमृत भट्टराई र सुशन भारीले एक÷एक विकेट लिनुभयो । काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किनुभयो । अर्का शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोड्नुभयो । त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिनुभयो ।धनगढीका कमल सिंह ऐरीले चार ओभर बलिङ गर्दै चार विकेट लिएर ३७ रन खर्चिनुभयो भने सागर ढकालले एक विकेट लिनुभएको थियो । पुस १२ गतेसम्म जारी रहने प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेता टिमले रु १० लाख पुरस्कार हात पार्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्नुहुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com