ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीपीएल : काठमाडौँले धनगढीलाई विशाल लक्ष्य दियो


admin
पुस २, २०७६ बुधबार  २ : १२ बजे

काठमाडौं, २ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई जितको लागि १८६ रनको लक्ष्य दिएको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएका काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल बनायो ।काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेर पहिलो शतक आफ्नो नाममा लेखाउन सफल भए । उनले ३७ बलमै शतक प्रहार गरे । यो पीपीएलकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान छन् । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरे । शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए ।

बलिङतर्फ धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । यसअघि दुई खेलमा काठमाडौँ पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । यस्तै सोमबार भएको पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको थियो । एक जित निकालेको धनगढी २ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ अङ्क तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमाथि अमेरिकी आक्रमण: शान्ति वार्ताको भविष्य अनिश्चित !

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com