ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको गोदक अब अर्गानिक, आज शुभारम्भ


admin
कार्तिक २८, २०७४ मंगलबार  १२ : २८ बजे

मंगलबारे, इलाम, २८ कात्तिक । तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा कहलिएको इलामको गोदकलाई अर्गानिक बनाउन पहल थालिएको छ ।

रासायनिक मल र विषादी प्रयोग गरेको समाचार बाहिर आएपछि चिन्तित बनेका इलाम नगरपालिका गोदकका किसानले गाउँलाई अर्गानिक बनाउन पहल थालेका हुन् ।

सोमबार एक कार्यक्रमबीच इलाम नगरपालिका–१० मा आयोजित कार्यक्रममा ‘अर्गानिक गोदक’ को शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा पशु सेवा कार्यालय इलामका पशु चिकित्सक डा पशुपति ढुंगाना, महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक डा योगेन्द्रमान श्रेष्ठ, इलामका इतिहासविद् युद्धप्रसाद वैद्यलगायतले कार्यक्रममा मन्तव्य राख्दै यो अभियान सफल बनाउन जिल्लावासी तथा जिल्लास्थित सम्बन्धित निकाय नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय फ्रेन्डसिप युवा क्लब तथा फ्रेन्डसिप सहकारी संस्थाले संयोजन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था तथा ३०० भन्दा बढी किसानको सहभागिता रहेको थियो ।

अब गोदकमा उत्पादन हुने खाद्यान्न, फलफूल तथा तरकारी अर्गानिक बनाइने किसानले प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com