ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले राजिनामा दिदैँ, को होला सभामुख सुभास वा अग्नी ?


admin

काठमाडौं,  २५  मंसिर । आफुलाई सभामुखको दावेदार मान्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराइने भएको छ । यस अघि नै राजिनामा दिन आग्रह गरिएको भएपनि उनले संकट उत्पन्न हुने भन्दै राजिनामा दिन अस्वीकार गर्दै आएकी थिइन् ।

नेकपाका दुई अध्यक्षबीच सभामुखको नाममा सहमति जुटेपछि उपसभामुख शिवमायालाई मंसिरभित्रै राजीनामा गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको पुष्टि गरेका छन् । सभामुख र उपसभामुख दुई फरक दलबाट चयन हुने संवैधानिक व्यवस्थाका कारण सभामुख पद गुम्न नदिन नेकपाले उपसभामुलाई राजीनामा गराउने तयार गरेको हो।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने महराको गल्तीमा आफूले पद छोड्नुपर्ने अवस्था अन्यायपूर्ण हुने बताउँदै राजिनामा नदिने बताएकी थिइन् । यस अघि नै प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरेको आग्रहलाई उनले इन्कार गरेकी थिइन् । उनले सभामुख पनि नभएको बेलामा आफुले पनि राजिनामा दिँदा संवैधानिक संकट उत्पन्न हुने तर्क राखेकी थिइन् । तुम्बाहाङ्फेलाई अन्य जिम्मेवारीमा लैजाने योजना नेकपाले बनाएको छ। यता उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखको टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आन्तरिक छलफल तीव्र पारेको छ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाबीच सभामुख पदका लागि प्रतिस्पर्धा देखिएको छ। सुवासलाई प्रधानमन्त्री ओलीले सभामुख बनाउन चाहन्छन् भने अग्नीका पक्षमा प्रचण्ड छन् । यद्यपि, यसपटक सभामुखमा सापकोटाकै सम्भावना बढी भएको नेकपा नेताहले बताएका छन्।

पुस ४ मा सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो बिजनेस सभामुख चयन राखिएको छ। मंसिर २७ मा बस्ने सचिवालय बैठकले सभामुखका विषयमा निर्णय गर्ने नेकपा स्रोतले बताएको छ । ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सापकोटाको नाममा र त्यसो हुन नसके नेम्वाङको नाममा सहमति जुटाउने प्रयास गरिरहेका छन्। यसअघि पूर्वसभामुख ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाल र उपसभामुख शिवमाया तुम्बाहाङ्फेलगायतको नाम पनि चर्चामा थियो।

नेकपाले कांग्रेस बाहेकको दललाई उपसभामुख दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उपसभामुख आफूहरुले पाउनुपर्ने तर्क अगाडि सारेको छ । नेकपाले आफ्ना सहयोगी साना दललाई उपसभामुख दिने तयारी गरेको छ । नेकपाले राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको हो । उपनिर्वाचनमा नेकपा र राजमोबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने नेकपाको तयारी छ । नेकपाबाट पुरुष सभामुख हुनेपछि अर्को दलले महिला उपसभामुख पाउनेछ । राजमोबाट उपसभामुखमा दुर्गा पौडेलको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com