काठमाडौं, २४ मंसिर । चिलीका सैनिक बोकेको एक जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले आज वक्तव्य जारी गरी जनाएको छ । सो जहाजमा ३८ जना मानिस थिए । सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथै हराएको थियो ।
‘सि–१३० हर्कुलस’ जहाज स्थानीय समयअनुसार ६ बजेबाट सम्पर्कविहीन भएको हो। जहाज चिलीको दक्षिणी सहर पुन्टा एरिनाजबाट उडेको थियो।
हराइरहेको जहाजमा रहेकामध्ये १७ जना चालकदलका सदस्य र २१ जना यात्रु रहेका छन्। बन्दोबस्तीका सामग्री लिएर जहाज उडेको थियो।
चिली वायू सेनाले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्