
कपिलवस्तु, २३ मंसिर । सोमवार विहान भएको कार दुर्घटनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूर्व९पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घटनामा बैंकका कार बनगाई शाखा प्रबन्धकको मृत्यु भएको हो । बा ६ च ६३९० नम्बरको कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार बिहान करिब ८ बजेतिर दुर्घटनाबारे जानकारी पाएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हुन सक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको भने वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्