कोहलपुर,२२ मंसिर । कोहलपुरमा आइतवार विहान ट्रकले एक स्कुले विद्यार्थीलाई ठ क्कर दिएपछि माहोल बिग्रिएको छ ।
ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।
कर्फ्यू आदेशमा कोहलपुरको पुर्वमा चप्परगौडी, पश्चिममा किरण नाला तथा उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरीचौकको सडकको ५ सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको उल्लेख गरिएको छ ।
आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले ठक्कर दिएको हो । अवस्था बिग्रिए पछि प्रहरीले दर्जनौं अश्रु ग्यास हानेको छ । हवाई फायर समेत गरेको छ । कोहलपुर रणभूमीमा परिणत भएजस्तो देखिएको छ । घाइते बालिकाको भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा पिल्सिएको छ ।
प्रतिक्रिया दिनुहोस्