ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल बिग्रिँदा उद्योगीलाई दैनिक पन्ध्र करोड नोक्सानी


admin
कार्तिक २७, २०७४ सोमबार  ४ : ४८ बजे

पथरी, मोरङ, २७ कात्तिक । भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालबाहक सवारी साधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक रु १५ करोड घाटा लागेको छ ।

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ ।

अहिले सुनसरी–मोरङ औद्यौगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो ।

मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किमीको दूरीमा पर्छ । तर सुनसरीको भान्टाबारी नाकाबाट ८० किमी घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ ।

“भान्टाबारी र रानी भन्सारमा पनि जाँच गरिन्छ, उद्योगीलाई दोहोरो दुःख भएको छ,” उहाँले भन्नुभयो ।

भान्टाबारी नाकाबाट सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने गरेको छ । “यस क्षेत्रका उद्योगीलाई दैनिक रु १४ करोडदेखि रु १५ करोडसम्म नोक्सानी भएको छ” अध्यक्ष उपाध्यायले भन्नुभयो । कलकत्ता बन्दरगाहमा सयौँं कन्टेनर रोकिएको उहाँले जानकारी दिनुभयो ।

उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम व्यहोर्नुपथ्र्यो । अध्यक्ष उपाध्याय उत्पादन लागत ह्वात्तै बढेको बताउनुहुन्छ । हाल प्रतिकिलो रु दुईभन्दा बढी लागत बढेको छ । कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उहाँको गुनासो छ ।
पुल सञ्चालन गर्नका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, उद्योग संगठन मोरङलगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com