
काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरिने बताउनुभएको छ ।
भैरहवाको सिद्धार्थनगर नगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रै बसेर चुनावमा विपक्षी दललाई सहयोग गर्ने अन्तरघातीहरु बढ्दा पार्टी पछाडि परेको स्वीकार्नुभयो । कारवाही नहुने भएपछि पार्टीबिरुद्ध बोल्ने, बागी उम्मेदवारी दिने, अन्तरघात गर्ने क्रियाकलाप बढेको भन्दै देउवाले अन्तरघातीहरुलाई कारवाहीको चेतावनी दिनुभयो । अन्तरघातले गर्दा कांग्रेसलाई चुनाव जित्न नसक्ने समस्या बढ्दै गएको उहांले स्वीकार गर्नुभयो । ।
पार्टीमा अनुशासन कायम गर्न पनि अन्तरघातीहरुलाई कारवाही गरिने सभापतिको दाबी छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने चुनावमा व्यहोरेको हारले पार्टीलाई झन् परिपक्क बनाएको टिप्पणी गर्नुभयो । आगामी दिनमा जनताका अपेक्षा अनुसार पार्टी अघि बढ्ने खाणको भनाई छ । कार्यक्रममा विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल र पा“चवटा ह्वील चेयर वितरण गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्