ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपना अधुरो


admin
कार्तिक २७, २०७४ सोमबार  १२ : १६ बजे

काठमाण्डौं, २७ कार्तिक । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपना स्वीटजरल्याण्डले पूरा हुन दिएन ।

प्ले अफ अन्तर्गत दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड निराश बन्यो । गएको बिहीबार भएको पहिलो लेगमा एक विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो । ३२ वर्षपछि विश्वकपको नजिक पुगेका बेला एक विवादास्पद पेनाल्टीले आयरल्याण्डको सपना पुरा भएन । पहिलो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी नै स्वीटजरल्याण्डलाई विश्वकपमा लागि प्रयाप्त भयो । डियरिया भित्र ह्याण्ड बल भएपछि स्वीटजरल्याण्डले पेनाल्टी पाएको थियो । तर भिडियोमा हेर्दा प्रष्ट रुपमा बल पाखुरामा लागेको देखिन्छ । खेलपछि प्रतिक्रिया दिँदै आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट निकै ठूलो भुल भएको भन्दै आलोचना गरेका थिए । पहिलो लेगमा भएको कमी कमजोरी सुधारेर दोस्रो लेगमा राम्रो खेल्ने र विश्वकपमा जाने आयरल्याण्डका कप्तान स्टेभेन डेभिन्सले बताएका थिए । तर खेलमा लगातार प्रहार गरे पनि आयरल्याण्ड गोलबाट चुक्यो । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com