सिरहा, ११ मंसिर । हुलाकी सडकको पुल निमार्ण कम्पनीहरूले गुणस्तर हिन सामग्री प्रयोग गरि पुल निमार्ण गरि रहेको छ । सिरहामा रहेको कमलादेखि बलानसम्मको हुलाकी सडकमा अपग्रेडिँगको काममा व्यापक लापरवाही भइरहेको खुलासा भएको छ ।
सडक अपग्रेडिँगको लागि स्वच्छद रोशन महादेव खिम्ती प्रालिले रु १३ अर्व ५३ करोड २२ हजार ७० रकममा निर्माणको लागि ठेक्का लिएको
छ ।
ठेक्का बमोजिम काम नगरेको स्थानीय विवेक यादवले भने हिलोकिचरसहितको ढलान गर्दा पुल कमजोर बन्दै गएको छ । चाहेको मात्रामा सिमेन्ट प्रयोग नगरिएकोले निर्माण कार्य कमजोर रहेको गुनासो गरेको छ । योसँगै ईटाको ठाउँमा ढुंगा प्रयोग गरिएकोले एकतीर निर्माण कार्य भइरहेको छ भने अर्कोतीर भत्किन थालेको अवस्था छ ।
हुलाकी सडकको वरियारपट्टी स्थित निर्माण सम्पन्न नहुँदै वाल भत्किन थालेको स्थानीय सुनिल साहले भने गुणस्तरहीन समाग्री प्रयोग गरेर कन्ट्रक्शनले विकास निर्माण कार्यलाई प्रभावित बनाइरहेको छ ।
औरहीको दरहैया स्थित हुलाकी सडकमा पुल निर्माण गर्दा कमसल समाग्रीको कारण पुलमाथीको वाल भत्किन थालेको छ । सडक निर्माणको बेला समय समयमा पानीको फोहोरा हाल्नुपर्ने तर वेवस्ता गरी काम गर्दा धुलोले स्थानीय प्रभावित बनेको छ ।
यसवारे निर्माण कार्यका ठेकेदार अच्युत राउतले भने यो काम विना इस्टिमेटकै भइरहेको छ । हामी डिजाइन अनुसार काम गर्छु । जहाँ भत्किएको छ, त्यहाँ हामी फेरी बनाउँने काम गर्ने योजनामा रहेको उनले दावी गरे ।
काम कम भुक्तानी बढी
हुलाकी सडक अन्तगर्त सिरहाको नवराजपुर गापा ४ स्थित कल्याद खोलामा निर्माण भइरहेको पुलको लागत चार करोड ६४ लाख १० हजार ८ सय ६० रुपैयाँको रहेको छ । सो ठेका सूर्य विकास जेभी कन्ट्रक्शन लहान सिरहाले लिएको छ भने अहिलेसम्म एउटा पिलर मात्र खडा गरिएको छ ।
जसमा ५० लाख जतिको काम भएको अनुमान गरिएको छ । जहाँ ठेकेदारले १ करोड १५ लाख भुक्तानी पाइसकेको छ । काम भन्दा बढी रकम निकासा गरेकोले निर्माण कार्य यत्तिबेला रोकिएको स्थानीय रविन यादवले बताए ।
प्रतिक्रिया दिनुहोस्