ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रैथाने बीउ संरक्षण गर्न के ले रोक्यो’?


admin
मंसिर १०, २०७६ मंगलबार  ३ : ३५ बजे

काठमाडौं, १० मंसिर । लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्शी र जेठो बुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो ?
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका हुन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय नेपालमा उन्नत जात हाइब्रिड नाममा बहुर्राष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनाधिकृत रुपमा बढेपछि रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसदले बैठकमा आग्रह गर्नुभएको हो । बैठकमा सांसद्हरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, सत्यनारायण शर्मा खनालले स्थानीय बीउको मौलिकता जोगाउन विज्ञहरुलाई सुझाव दिनुभएको थियोे ।

यसवर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके, र कैलालीमा रोपाइँ गरिएको थियो तर, धानको बाली लाग्ने वर्णशङ्कर जातको सो धान आयात गरी बिक्री वितरण गर्ने कम्पनी वा फर्मलाई नेपालको बीउबिजन ऐन, २०४५ले रु २५ हजार जरिवाना र आयात अनुमतिपत्र खारेज गर्नसक्ने सम्मको प्रावधान तोकेको छ ।

सो ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । नेपालको संविधानले खाद्य सम्प्रभुतालाई सुनिश्चितता गरेको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बहुर्राष्ट्रिय कम्पनीको बीउ आयात रहर नभइ बाध्यता भएको जवाफ दिँदै मात्र र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गैँडाको खागसहित सुनसरीबाट ४ जना पक्राउ, तस्करीको ठूलो सञ्चाल रहेको आशंका

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

सम्बन्धित

सघन संवादमा एमाले र नेकपा, ओली भेट्न अस्पताल पुगे प्रचण्ड

भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास

१ वर्षअघिको घटनालाई लिएर गाउँपालिका उपाध्यक्ष हत्या आरोपमा पक्राउ

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोराको खबर

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com