काठमाण्डौ, कार्तिक २३ ।
काठमाडौको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरको ग्यारेजमा आगलागी हुंदा एक जनाको मृत्यु भएको छ ।
घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । पेट्रोल पम्पको मोटरसाइकल राखिएको ग्यारेजमा आगलागी हुंदा एक जनाको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका २३ वर्षीय मुलायम सिंह रहेको प्रहरीले जनाएको छ ।
पम्पमै काम गर्ने भाइ आगोमा परेपछि बचाउन खोज्दा उनकै दाजु पनि घाइते भएका छन् । आगो पेट्रोलसम्म नफैलिएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको पांच मिनेटभित्रै प्रहरी र दमकल पुगेको थियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा समयमै आगो नियन्त्रणमा आएकाले भौतिक क्षति भने धेरै हुन नपाएको प्रहरीले जनाएको छ । आगो विद्युतीय तार सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको र घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्