ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नव निर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर शुभारम्भ


admin

पोखरा, २० कात्तिक ।  पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत रु ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ आज यहाँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गर्नुभयो ।

परिषद्को रु १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर, फोटोकपी र द्रूत गतिको इन्टरनेट सेवा जडान गरिएको छ ।

सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यहाँ विभिन्न ६ वटा खेल हुने र ती खेलको समाचार संकलनमा सो सेन्टरले सञ्चारकर्मीलाई सहज हुने बताइएको छ ।

सदस्य–सचिव विष्टले डेढ वर्षभित्र पोखरा रंगशाला अन्तर्राष्ट्रियस्तरको नमुना रंगशाला हुने विश्वास व्यक्त गर्नुभयो ।

यस रंगशाला अधिराज्यकै धेरै पूर्वाधार भएको रंगशाला भएको चर्चा गर्दै उहांले अव एक÷दुई दिनभित्रमा एघार करोडको डोम कभर्डहल निर्माण गर्न बोलपत्र आह्वान गरिने र एक अर्बको लागतमा अत्याधुनिक प्याराफिटको पूmटबल मैदान निर्माण गरिने पनि जानकारी गराउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने र खेलकुदको क्षेत्रको विकासमा कायपलटनै हुने विचार व्यक्त गर्दै उहाँले खेलाडीलाई जीविकोपार्जनका लागि मासिक भत्ताको समेत व्यवस्था गर्न लागिएकाले खेलप्रति नेपाली युवायुवतीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले १३ औं साग खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न बजेटको कमी हुन नदिइने उल्लेख गर्दै पोखरामा छ भन्दा बढी खेल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई मोफसलको खेलकुदको राजधानी बनाउने गरी पूर्वाधार निर्माण भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com