ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीआईपी जुवाडे छुटेनन्, बिहीबार पुनः शशरिर उपस्थित गराउन सर्वोच्चको आदेश


एबीसी न्यूज
कार्तिक १३, २०७६ बुधबार  ४ : ४२ बजे

काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले जुवाडेहरुलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । साढे दुई करोड ७० लाख रुपैयाँसहित महाराजगञ्जको एक घरबाट शनिबार राति पक्राउ परेका २५ जना मध्ये ६ जना जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाई गर्दैै सर्वोच्चले २४ घण्टाभित्र शशरिर उपस्थित गराउन आदेश दिएको हो ।

सर्वोच्चले सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएसँगै जुवाडेहरु बुधबार छुट्न पाएनन् । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रहरीलाई पक्राउ गरिनुको कारणसमेत पेश गर्न आदेश दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

इजलाशसले आइतबार बलराम सापकोटाको तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिट र बुधबार दर्ता भएका अरु तीनवटा निवेदनलाई सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

सोमबार बलराम सापकोटालाई २४ घण्टाभित्र उपस्थित गराउन दिएको आदेश अनुसार प्रहरीले उपस्थित गराए पनि अरुसँग राखेर सुनुवाइ गर्ने हुँदा उनको हकमा छुट्टै आदेश नभएको ढकालले बताए । पक्राउ परेका मध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, मुक्ति लामा, विक्रम गौतम, साङ्बु शेर्पा र गेल्जे लामाले रिट निवेदन दर्ता गराएका छन्।

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com