ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा बहस’ अर्थात्  ग्लोबल डाईलग मा प्रमुख रुपमा हिमालय, जलवायु परिवर्तन र भविष्यको मानवताको विषयमा छलफल गरिने(भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ११ कात्तिक । अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुको १८ औं शिखर सम्मेलन सकेर प्रधानमन्त्री केपी शर्मा ओलीको टोली आईतबार स्वदेश फर्केको छ । सम्मेलनमा विश्व शान्ति, समृद्धि, सहअस्तित्व र पारस्पारिक सम्मानका विषयमा घोषणा पत्र जारी भएको छ ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन ‘नाम’ राष्ट्रहरुको १८ औं शिखर सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु २१ सदस्यी टोली रहेको थियो । सम्मेलनमा प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलन ‘नाम’ राष्ट्रहरु शान्ति, सुरक्षा, न्याय र विकासको पयार्य रहेको बताउँदै सामूहिक शक्ति र क्षमताको लाभ लिन सक्नुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा उठीरहेको समस्या र मुद्दाहरुलाई बहस र छलफलको माध्यमबाट समाधानको बाटो निकाल्दै असंलग्न राष्ट्रहरुको विकासका लागि आपसी हित र पारस्परिक आत्मसम्मानको वातावरण निर्माण हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

नेपालको वर्तमान परिस्थितीको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आगामी अप्रिलमा नेपाललले विश्वव्यापी रुपमा उठिरहेको जल्दोबल्दो विषयमा अन्तराष्ट्रिय बहसका लागि ‘सगरमाथा बहस’ को आयोजना गरिने पनि उद्घोष गरे । ‘सगरमाथा बहस’ अर्थात्  ग्लोबल डाईलग मा प्रमुख रुपमा हिमालय, जलवायु परिवर्तन र भविष्यको मानवताको विषयमा छलफल गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपालले विगत देखि वर्तमानसम्म नै स्वतन्त्र राष्ट्रको नीति लिएर विदेशी राष्ट्रहरुसँग सम्बन्ध अगाडि बढाईरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । अन्तराष्ट्रिय मामिलाको जटिलतालाई पनि विचार गर्दै स्वतन्त्र राष्ट्रको रुपमा नेपालले परराष्ट्र नीति अबलम्बन गर्दै आएको उनले दाबी गरे ।

सम्मेलनमा विगतका सम्मेलनले गरेका निर्णय कार्यान्वयनको दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिएको छ । बाङडुङ सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेकोले नाम सदस्यले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न राष्ट्रहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com