काठमाडौं, ९ कात्तिक । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकुमा रहनुभएका पाकिस्तानका राष्ट्रपति अरिफ–उर–रेहमान अल्भी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । भेटवार्तामा दुईपक्षित हितका विषयमा छलफल भएको छ ।
यसैवीच अजरबैजानको बाकुमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार भेटवार्ता भेटवार्ता भएको छ ।
उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्