ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बमकाण्डका आरोपी सांसद् आलमको म्याद ८ दिन थप, मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टामा धानखेती


एबीसी न्यूज

रौतहट, ८ कात्तिक । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं। २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ । अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको र सबै घाइतेलाई समेत आलमले इटा भटटामा फाली मारेको आरोप आलम माथी छ । दुई पटक रौतहट पार्टी सभापति हुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य रहेका उनी काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका मोहम्म्द अफताब आलम नेपाली काग्रेस बाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको आबधिक निर्बाचन, ०६४ सालको संबिधान सभा सदस्य, ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका थिए ।

आफना नेता लाई पक्राउ गरेपछि आइतबार,सोमबार गौर सहित जिल्लाको विभिन्न ठाउँमा समय समयमा सामन्री झडप र नाराबाजी भएता पनि मंगलबार अदालत वरिपरि समर्थका भिड देखिएन ।कडा सुरक्षा घेरा बिच बिना हटकडी आदालत पेश गरिएको आलमले आफुले कानुनलाई सघाउने बताए ।पुरानो बिना प्रमाणको मुद्दामा प्रहरीलाई शंका लागेर मलाइ ल्याइएको छ ।मलाई न्याय मिल्छ आलमले बताए । यसकारन पक्राउ परे आलम २०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो । राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो । अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए ।

निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चको आदेशअनुसार आलमलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । अन्य आरोपी फरार छन् ।

बमकाण्ड घटना के हो ? २०६४ को पहिलो संविधानसभा चुनाव चैत्र २८ गते हुँदै थियो । अघिल्लो दिन २७ गते राति राजपुर फरदवाकोमा बम विस्फोट भयो ।

चुनावमा बुथ कब्जा गर्न ल्याइएका बम विस्फोटन भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ । आपराधिक गतिविधिमा संलग्न धेरै भारतीयलाई पैसा दिएर प्रयोग गरेको उनीमाथि आरोप छ । घटना लुकाउन विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई गाउँ नजिकैको आफन्तको इँटाभट्टामा जलाएको पीडित पक्षको दाबी छ ।

घटनामा आफन्त मारिएको भन्दै यमुनामाई गाउँपालिका–४ का सिंह र खातुनले नेता आलमसहित ५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विस्फोटबाट क्षति पुगेको खपटाले छाएको घर राति नै मर्मत गरिएको थियो । मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । अहिले सो स्थानमा धानखेती छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com