काठमाडौं, ७ कात्तिक । र्याप गायकको रुपमा ‘भिटेन’ नामले चिनिएका समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।
भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो ।
‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने किसिमको भएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताउनुभयो ।
यसअघि संस्कृति र परम्परामाथि नै आँच पुर्याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापा पक्राउ परेका थिए । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्