ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वर्षअघि बलात्कार गरि हत्या गरेर फरार भएका एक गौतमलाई अमेरिकाबाट नेपाल ल्याइयो


एबीसी न्यूज
कार्तिक ६, २०७६ बुधबार  १ : ३५ बजे

काठमाडौँ, ६ कात्तिक  । बलात्कार गरि हत्या गरेर अमेरिका फरार भएका एक नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा झापा चन्द्रगढी नगरपालिका–३ घर भएका लिलाराज गौतम रहेका छन् ।

गौतमलाई बुधबार टर्किस एयरलाईन्सको विमानबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । नेपाल प्रहरीले वासिंटनस्थित इन्टरपोलसमक्ष गौतमलाइ पक्रन आग्रह गरेपछि उनि सन् २०१८ को फेब्रुअरीमा पक्राउ परेका थिए ।

करिब २० बर्षअघि २०५७ साल असोज २९ गते राति गौतम सहित मनोज खड्का र सिताराम खड्को चन्द्रगढी–३ की एक युवतीकोे सामुहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए। मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए। प्रहरीले गौतमलाई त्यसबेला नै पक्राउ गरेको थियो। तर २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दिएको थियो।

मृतकका बुवा फेरि पुनरावेदन अदालत गएका थिए। पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

नेपाल सरकारको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले २०६६ भदौ १९ गते उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो। गौतम २०५७ कात्तिक १ गते हिरासतमा बसेर २०५८ भदौ ३२ गते छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सम्बन्धित

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com