ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटे– डम्बर सिंह


एबीसी न्यूज

जाजरकोट, , ६ कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि बुधबार बिहान आक्रमण भएको छ । जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो बाटोमा हिँडिरहेको बेला एक्कासी विपरित दिशावाट आएका पाँच जना मध्येका एक जनाले सुरुमा र त्यसपछि सबैले लठ्टी प्रहार गरी आफूहरुलाई घाइते बनाएको डम्बरबहादुर सिंहले बताउनुभयो ।

केन्द्रीय सदस्य निरज आचार्यले टेलिफोनमा भन्नुभयो ‘गौरामा बसेर आक्रमण गर्ने योजना बनाएका रहेछन् ,अप्ठेरो ठाउँमा पुग्ने बित्तिकै आक्रमण सुरु भयो माथिबाट ढुङ्गा गुडाएर अगाडि बढ्न पनि दिएनन् त्यसपछि हामी फर्कियौँ अहिले नलगाडन नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराइरहेका छौँ ।’

आफूलाई विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटेको डम्बरबहादुर सिंहले बताउनुभयो ।

नेकपाका जाजरकोट पार्टी अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद् भएको र घटनामा संलग्न भएकाहरुलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । यसबारे जाजरकोट प्रहरीले घटनाको बारेमा भर्खरै थाहा पाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले घटनाबारे जानकारी पाएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरिसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भइहेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वलीले नेकपाको सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेका कारण यस्तो कदम चालिएको बताउनुभयो । यस्तै, जिल्लाका अन्य पालिकामा पनि सत्तारुढ दल नेकपाका नेतामाथि आक्रमण हुन सक्ने चेतवानीसमेत उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com