ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(बीआरआई) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
आश्विन ६, २०७६ सोमबार  ८ : ३६ बजे


काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । सी जिनपिङ विचारधाराबारे नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढ्ने बताउनुभयो । उहाले त्यसैले बढो सोचविचार गरेर बीआरआईसम्बन्धी समझदारीमा आफ्नो प्रधानमन्त्री कालमा हस्ताक्षर गरेको बताउनुभयो ।

हाल बीआरआईको फ्रेमवर्कमा रहेर उच्च तहमा राजनीतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकास भइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताउदै प्रचण्डले ‘शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ’, प्रचण्डले भन्नुभयो, ‘चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिस्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।’ नेपालले एक चीन नीतिको शब्दमा मात्र नभएर व्यवहारमै कार्यान्वयन गरिरहेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com