ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता गुट बनाउन नभई नयाँ नेपाल निर्माणका लागि हो – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
आश्विन ६, २०७६ सोमबार  १२ : १५ बजे

काठमाडौं, ६ असोज  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गुट बनाउन नभई नयाँ नेपाल निर्माणका लागि भएको प्रष्ट पार्नुभएको छ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले  भनाई राख्नुभएको हो ।

‘कम्युनिस्ट आन्दोलनको उज्वल भविश्यको निम्ति, राष्ट्रको स्वाभिमान बचाउनका निम्ति जनताका अनुहारमा खुसी ल्याउनका निम्ति नेतृत्वले दुई पार्टीबीच एकता गरेको हो, आफूलाई अवसर प्राप्त गर्न होइन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सत्ताका लागि लडाईं नै लडाईं, गुटैनै गुट बनाउन एकता गरेको होइन, यो तथ्यलाई सवै नेता कार्यकर्ताले बुझ्न जरुरी छ ।’ उहाँले कतिपय सवालमा नेतृत्वबाटै सुधार थाल्न लागेको जानकारी पनि दिनुभयो । ‘हामीले आफ्ना लागि र ब्यक्तिका लागि प्राप्त भएका अवसर त्यागेर नयाँ अवसरका लागि पार्टी एकता गरेको हो । तर चीजहरु कहिले काहीँ सोचेको भन्दा फरक ढंगले जान लाग्यो भने करेक्शन गर्नुपर्छ, नेतृत्व त्यो कुरामा बडो सचेत छ, सतर्क छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आदर्शतिर कति जना छौं भन्दै आफूसहित सवैतिर प्रश्न पनि गर्नुभयो । ‘हामी सवैले आफूतिर फर्केर सोचौं त, हामी कम्युनिस्ट आदर्शतिर नै छौं कि स्खलनतिर गइरहेका छौं ? आफैले आफैलाई आत्मसमिक्षा गरौं,’ उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले अव नेकपाका सवै नेता कार्यकर्तामा सुधारका लागि नयाँ आचरण, नयाँ ब्यवहार र नयाँ जीवन पद्धती र नयाँ आन्दोलन जरुरी रहेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘सवै नेता कार्यकर्तामा सुधारका लागि नयाँ आचरण, नयाँ ब्यवहार र नयाँ जीवन पद्धती र नयाँन् आन्दोलन जरुरी छ,’ प्रचण्डको भनाई थियो ।

बिश्व कम्युनिस्ट आन्दोलनको सर्वनास भएका घटनाबाट पाठ सिकेर सत्तालाई जनताको हितमा प्रयोग गर्नूपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । ‘सत्तामा पुगेपछिको गतिबिधिको कारण मान्छेमा कति धेरै आक्रोश देखियो भन्ने यथार्थ हामीले बिश्व इतिहासबाट देख्यौं, भोग्यौं,’ प्रचण्डले भन्नुभयो, ‘जनताले हामीलाई भरोसा गरे र सत्तामा पनि पुग्यौं । तर अव समाजवादको यात्रा तय गर्ने बिचार, त्यस अनुसारको ब्यवहार, आचरण, क्रियाकलाप अघि बढेको छ कि छैन रु’ उहाँले साहना प्रधान जस्तो संघर्षशील नेतृलाई स्मरण गर्दा सवैले सच्चा कम्युनिस्ट योद्धा बन्ने अठोट गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com