ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन


एबीसी न्यूज
भाद्र २६, २०७६ बिहीबार  ११ : ४७ बजे


परासी, २६ भदौ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो ।

सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री यादवसंग आग्रह गर्नुभयो । रामग्राम स्तुपमा आवश्यक पूर्वाधार निर्माण र पण्डितपुरको उत्खनन, विकास र संरक्षणका लागि सरकारबाट आवश्यक पहल हुनुपर्ने उहाँको जोड थियो ।

यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको संरक्षण र विकासका लागि रामग्राम विकास कोष गठनको माग गर्दै मन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाउनुभयो । सो अवसरमा स्थानीयवासीले पनि स्तुप क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्वास्थ्यचौकी र शुद्ध पिउने पानीको व्यवस्था गरिदिन माग गरेको स्थानीयवासी उदयराज कोइरीले जानकारी दिनुभयो ।

बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्थी सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको र त्यसमध्येको एक रामग्राम स्तुप पनि भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com