ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्टले पक्षपातको शासन गरेका छन्– नेता पौडेल


एबीसी न्यूज
भाद्र २४, २०७६ मंगलबार  ७ : ०५ बजे

काठमाडौं, २४ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताउनुभएको छ । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उहाँले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताउनुभयो ।

दुईतिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।”

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गर्नुभयो । बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ । उहाँको विचारको अनुसरण गर्नु आवश्यक छ ।”

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले काङ्ग्रेस हूँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताउनुभयो ।

पार्टीका केन्द्रीय प्रतिनिधि धुव्र वाग्लेले पार्टीमा नैतिकवान् र पारदर्शी नेताको खाँचो रहेको औँल्याउँदै केन्द्रमा बस्ने नेता नबदलिएसम्म पार्टी बलियो नहुने उल्लेख गर्नुभयो । अर्का केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले उपनिर्वाचनलाई पार्टीले जनमत सङ्ग्रहका रूपमा लिएको बताउँदै चुनाव पार्टीका लागि जीवनमरणको सवाल रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी राना, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की पार्टीका कार्यवाहक सभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापतिहरु विजयराज बाँस्तोला, दीपेन्द्र मरासिनी, क्षेत्रीय सचिव शङ्कर बाँस्तोला लगायतले उपनिर्वाचनमा पार्टीले जित्ने गरी केन्द्रदेखि जिल्लास्तरीय नेता परिचालित हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गर्नुभएको थियो । काङ्ग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com