ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छ– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज

 


हेटौँडा,२४ भदौ । ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असहाय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।”

मुख्यमन्त्री पौडेलले स्थनीय तहको न्यायिक समितिलाई सहयोग गर्न तथा उपेक्षित, उत्पीडित र शोषित वर्ग एंव समुदायको सहायताका लागि कानूनी सहजकर्ता खटाइएको बताउँदै स्थानीय तहलाई सबल, सुदृढ र सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नवनियुक्त कानूनी सहजकर्तालाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिँदै भ्रष्टाचारप्रति प्रदेश सरकार कठोर रहेको हुँदा सहजकर्ताबाट अनियमितता भएको देखिएमा तत्काल कारवाही गरिने बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विधिको शासन सञ्चालनका लागि नवनियुक्त सहजकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । तालीममा काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, रसुवा र सिन्धुपाल्चोकका ५९ स्थानीयतहका लागि नियुक्त कानूनी सहजकर्ता, प्रदेशका ६ वटै जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुख र सबै स्थानीय तहका उपप्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com