ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै, यस्ता छन् सुविधाहरू


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार  २ : ५१ बजे

काठमाडौं, २३ भदौ । काठमाण्डौमा आजदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पांचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुदै भक्तपुरको सल्लाघारी बिजुली बस चल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्ण पाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुदै अत्तरखेलसम्म र पाचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल र जमलमा बिजुली बस चल्ने छ । बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । आज दिउसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनुभयो । अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com