ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन जनालाई पछि पार्दै एनआरएनए जापानमा देविलाल भण्डारी विजयी


एबीसी न्यूज
भाद्र २२, २०७६ आईतबार  ५ : १२ बजे

जापान, २२  भदौ । टोकियो गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देविलाल भण्डारी विजयी भएका छन् । ३ जना प्रतिष्प्रधीलाई पछि पार्दै भण्डारी ५ सय ८५ मत प्राप्त गरि विजयी बनेका हुन् ।

भण्डारीको निकटतम प्रतिद्वन्द्वी मानिएका टासी वाङदी लामालाई ३२ मतको अन्तरले पराजित गरेका हुन् । लामाको ५ सय ५३ मत खसेको थियो ! लामा यस अघि पनि अध्यक्ष थिए भने भण्डारी बरिष्ठ उपाध्यक्षको कार्यकाल पुरा गरि अहिले अध्यक्षमा जनताको मत जित्न सफल भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ लामा ८ सय ८२ मतले निर्वाचित भएकी छीन । गुरुङले प्रत्यासी सरोज कुमार खत्रीलाई १ सय ९० मत अन्तरले पराजित गर्दै जित सुनिश्चित गरेकी हुन् । खत्रीको ६ सय ९२ मत खसेको थियो । क्षेत्रिय उपाध्यक्षमा दिपक केशी ६१ मत प्राप्त गरी बिजयी बनेका छन् ।

उनले नरेन्द्र कुमार बस्नेतलाई २१ मत अन्तरले पछि पार्दै आफनो जित सुनिश्चित गरेका हुन महासचिव पदमा जनक बिक्रम शाहीले ७ सय ९२ मत प्राप्त गरि विजयी बनेका छन् । प्रत्यासी बुद्धिराज घिमिरेलाई ३८ मतको अन्तरले पछाडी पार्दै जित हात पारेका हुन । घिमिरेको ७ सय ५४ मत खसेको थियो । त्यसैगरि क्षेत्रीय सचिवमा महेश्वर रिजाललाई पछि पार्दै विकास बस्नेत विजयी भएका छन् । सह- कोषादक्ष्यमा टिकाराम कंडेललाई ४ सय ६८ को भारी मतले पराजित गर्दै सचिन श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ९ सय ९८ मत पाएका छन् भने कंडेलले ५ सय ३० मत प्राप्त गरेका छन् । त्यस्तै युवा संयोजकमा राज कुमार अधिकारीलाई पछि पार्दै राम थापा ८ सय ८७ मत प्राप्त गरि विजयी बनेका छन् भने अधिकारीको ६ सय २ मत आएको छ ।

त्यसैगरि ७ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो विजयी हुनेमा क्रमश राजेश खनाल, सुपेन्द्र घिसिङ,बाबुराम खरेल, महेश कुमार कटवाल, डिलाराम गैरे, सिबु थापा र जिबन कुमार गुरुङ रहेका छन् । आईसीसी सदस्यमा तुल्सीराम खरेल, डण्डपानी कंडेल यस अघि नै निर्विरोध चयन भएका थिए । निर्विरोध हुनेमा महिला उपाध्यक्ष सविता श्रेष्ठ, उपाध्यक्ष लक्ष्मण बानिया र नारायण खड्का, सचिव विष्णु प्रसाद घिमिरे र टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, महिला संयोजक संगिता अधिकारी र महिला सदस्यमा अन्जु भण्डारी रहेका छन्। विद्युतीय प्रणालीअनुसार बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो ।

२ हजार ५ सय ५५ मतदाता रहेको निर्वाचनमा १ हजार ६ सय २३ मत खसेको निर्वाचन समितीका सदस्य सचिब बेलुकाजी थापाले जानकारी दिए । विद्युतीय प्रणाली अपनाईएकाले निर्वाचन छिटो र पुर्ण रुपमा सफल भएको निर्वाचन समितीले बताएको छ । निर्वाचनको नतिजाले नयाँ प्रविधीको प्रयोगमा नयाँ पुस्ता अभ्यस्त भएको सदस्य सचिब थापाले दावी गरे । सहभागी सङख्यामा केही कमी भएपनि सिष्टम भने पुर्ण रुपमा सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com