
काठमाडौं, २० भदौ । भारतीय नागरिक अतुल वर्मालाई अवैध नेरु २५ लाख र भारु तीन लाखसहित प्रहरीले आज पक्राउ गरेको छ ।
भारतबाट धनगढीतर्फ आउँदै गरेको युपि३१एके ७३४८ नंको जीपमा लुकाइछिपाइ राखेर ल्याउँदै गरेको अवस्थामा त्रिनगर सीमा नाका क्षेत्रबाट अवैध रकमसहित वर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । भारतको लखिमपुर जिल्ला घर भएका वर्मा धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए ।








प्रतिक्रिया दिनुहोस्