ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको आतिथ्य संस्कारमा कमी हुँनुहुँदैन– ‘प्रचण्ड’


एबीसी न्यूज

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ ।

पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा गौरव गर्दै यहाँ आउने पर्यटकलाई सेवा भावका साथ आतिथ्य सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।“पर्यटन क्षेत्र नेपालको प्रचुर सम्भावना भएको क्षेत्र हो, जसको विकास हामीले इमान्दारिता र पारदर्शी तरिकाले ग¥यौ भने नेपाल साँच्चिकै विश्वको सुन्दर त छँदैछ, समृद्ध बनाउन पनि यसले ठूलो गोगदान गर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारीमा अझ बृहत्तर ढङ्गले अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा लामो राजनीतिक सङ्घर्ष र वलिदान पश्चात लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र अब आर्थिक समृद्धिको नयाँ युगतिर नेपाललाई लैजान निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहनका साथ सहकार्य गरेर राज्य अगाडि बढेन भने समृद्धिको सपना सार्थक नहुने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले विश्वभर नेपालको छवि कस्तो बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको उल्लेख गर्दै पर्यटक पाहुनालाई दुहुनो गाई जस्तो ब्यवहार नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नेपाली बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि त छ, तर यदाकदा केही नकारात्मक घटना हँुदै गरेको सुनिन थालेको छ, हामी अतिथि देवो भव भन्ने मन्त्र भन्छौ तर ‘कहिलेकाहीँ अतिथि देवो भव हैन अतिथि दुहुने गाई हो’ भनेजस्तो गरी भए भरको एकैपटक दुहुन खोज्ने घटना सुनिन आएका छन् यसप्रति जिम्मेवार हुनुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य भएको बताउनुभयो । मुलुकको पर्यटन क्षेत्रमा देखिएका तमाम समस्याको समाधान हामी आफँै मिलेर गर्ने हो भन्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न पनि आग्रह गर्नुभयो ।

पदयात्रा र पर्वतारोहणलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका समस्यालाई समाधान गर्ने व्यवसायीको मागलाई सरकारले छिट्टै सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री भट्टराईले लामो समयदेखि जम्मा भएको पदयात्री सूचना व्यवस्थापन प्रणालीको टिम्सरकम निकासा गरिने विश्वास दिलाउनुभयो ।

विदेशी पर्यटकको आगमनलाई व्यवस्थित र उनीहरुको बसाइँलाई सुरक्षित गर्ने लक्ष्यसहित दुई नयाँ प्रणाली ‘टुरिज्म स्याटेलाईट एकाउन्ट’ र ‘जिपिएस सिस्टम’ छिट्टै निर्माण गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै प्रतिबन्धित पर्यटकीय क्षेत्र तथा हिमाल आरोहण खुलाउने वातावरण सिर्जना गरिने बचन दिनुभयो ।

टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले नेपालमा आउने विदेशी पर्यटकको स्वागत सत्कारमा कुनै किसिमको कञ्जुस्याइँ नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । टानका अध्यक्ष नवराज दाहालले पदयात्रा क्षेत्रमा देखिएको विकृतिको अन्त्य र गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न राज्यले विशेष कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा का अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको सहकार्यलाई बलियो बनाउनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com