ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की


admin
कार्तिक १३, २०७४ सोमबार  ३ : १९ बजे

काठमाण्डौं, १३ असोज । आतंकवादी समुह इस्लामिक स्टेट९आइएस०ले अर्जेन्टेली फुटबल स्टार लियोनल मेसी र ब्राजेलियन फुटबल स्टार नेइमार जुनियरलाई ट्विटरमार्फत एक तस्बिर सार्वजनिक गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

प्रो -आइएसआइएस ट्वीटर ग्रुपबाट सार्वजनिक भएको उक्त तस्बीरमा नेइमारको घाटीमा एक आतंकवादीले समातेको र नेइमार रोइरहेको अवस्थामा देखिन्छन् भने लिआनेल मेस्सी भुईमा लडिरहेको अवस्थामा छन् । फोटोसप गरिएको उक्त तस्बिरमा मेस्सीलाई मारिएको अवस्थामा देखाइएको छ र मेस्सी नजिकै इस्लामिक स्टेटको झण्डा देखिन्छ ।

उक्त तस्बिरलाई इरानी समाचार संस्था वाइजीसीले ‘आइएसले विश्वकप २०१८ लक्षित गर्दै मेस्सी र नेमारलाई दिएको धम्किसहितको तस्बिर’ भनि सेयर गरेको छ।

आइएसको मुखपत्र वाफा मिडिया फाउन्डेसनले केहीदिन अगाडि पनि यस्तै एउटा तस्बीर सार्वजनिक गरेको थियो जसमा रगताम्मे मेस्सी जेलको भित्रबाट रोइरहेको अवस्थामा देखिन्थ्ये ।

आइएसले यस्तो तस्बिर सार्वजनिक गरेपछि अर्जेन्टिना फुटबल संघका प्रमुख क्लाउडियाले रसियाका राजदुत भिक्टोर कोरोनिलीलाई भेटी मेस्सी लगायत फुटबल खेलाडीहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए।

मेस्सी र नेइमार आगामी रसियामा जुन १४ बाट शुरु हुने विश्वकपमा आफ्नो देशबाट प्रतिनिधीत्व गर्दैछन् । जुलाई १५ सम्म चल्ने प्रतियोगिताको अन्तिम खेल मस्कोमा रहेको लुज्नीकी स्टेडियममा हुनेछ । पुर्वी रिर्पोटमा आइएसआइएसको धम्की खेलाडी विरुद्ध नभई विश्वकप प्रतियोगिता विरुद्ध लक्षित भएको बताइएको थियो । यस्तोमा फुटबलप्रेमी विश्वकप हेर्न रसिया जाने वा नजाने भन्ने दोधारमा परेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com