ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता बलियो बनाउन आवश्यक छ– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज

 

काठमाडौं, ३ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी एकतालाई बलियो बनाउन आग्रह गर्नुभएको छ । नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकमा आज उहाँले भावनात्मक रूपमा अझै पनि पार्टी एकता पूर्ण नभएको बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य एवं प्रदेश नं ५ इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सङ्गठनतात्मक एकता भए पनि विचार, कार्यशैली र व्यवहारमा अझै एक हुन बाँकी रहेको छ, एकता बलियो बनाउन म सबैलाई आग्रह गर्दछु ।” मुख्यमन्त्री पोखरेलले अहिले नेपाली काङ्ग्रेसले बोकेको उदार पूँजीवाद र नेकपाले बोकेको जनताको जनवादबीच प्रतिस्पर्धा रहेको भन्दै जनताको जनवादबाट समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

“उदार पूँजीवादले हुने खानेको मात्रै विकास हुन्छ, जनताको जनवादले आम नेपाली सर्वहारा वर्गको उन्नति हुन्छ र खुशी प्रदान गर्दछ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकारलाई असफल पार्न सरकारको राम्रा कामको समेत नकारात्मक टिप्पणी गरेर विपक्षीले भ्रम सिर्जना गरिरहेकाले तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन म आग्रह गर्दछु ।”

यसैगरी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सहइञ्चार्ज बैजनाथ चौधरीले सरकारका कामको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका चौधरीले भन्नुभयो, “सरकारले नागरिकको खुशीसँग जोडेर काम गरिरहेको छ, तर अनेक भ्रम सिर्जना गर्ने काम भइरहेकाले पार्टीका हरेक सदस्यले त्यसको प्रतिवाद गर्नुपर्छ ।”

यसैगरी नेकपा प्रदेश ५ कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीले समाजवाद हुँदै साम्यवाद स्थापना गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टीले अघि सारेको समाजवादोन्मुख जनताको जनवादले समृद्धि हासिल हुने बताउनुभयो । “पार्टीको सङ्गठनात्मक एकता सकिएलगत्तै हामी समाजवादोन्मुख जनताको जनवादको विषयमा व्यवस्थित वैचारिक बहस चलाउनेछौँ”, उहाँले भन्नुभयो । दुई पार्टीबीचको एकतामा फाटो ल्याउने चौतर्फी प्रयास भइरहेको भन्दै उहाँले सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले नेपालमा समाजवाद स्थापना गर्नका लागि नै पार्टी एकता गरिएको बताउनुभयो । नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारीले बैठकबाट नेताहरुको कार्यविभाजन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com