ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लाको स्याउ नेपालगञ्जमा


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  ११ : २३ बजे

नेपालगञ्ज, २ भदौ  । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् ।

जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको छ । शुरुआती चरण भएकाले दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोकमण्डीमा जुम्ली स्याउ खरिद बिक्री भइरहेको छ । यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो ।

स्याउले नेपालगञ्जमा राम्रो बजार पाएपछि जुम्लाका किसान लाभान्वित भएका छन् । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउँछौँ ।” नेपालगञ्जका व्यापारीले उक्त स्याउ बर्दिया र कैलालीसम्म बिक्री हुने गरेको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताउनुभयो । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो ग्रेडिङ गरेर बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com