ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्लाेबल टी २० क्रिकेट : सोमपाल आवद्ध हक्सद्वारा सन्दीप आवद्ध टोरन्टो तीन विकेटले पराजित


एबीसी न्यूज

काठमाडौं, १३ साउन । क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने रहेको टोरन्टो नेश्नल्सलाई तीन विकेटले पराजित गरेको छ ।

क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा बेन्चमा राखेको थियो । यही खेलका लागि सन्दीप र सोमपाल सिंगापुरबाट टी २० विश्वकपको एसिया छनोट सकिएको केही समयपछि क्यानडा गएका थिए । टोरन्टोका लागि रोद्रिगो थोमसले ६५ रन बनाए भने युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका थिए । बलिङमा ड्वायन ब्राभोले चार विकेट लिए । जवाफमा सोमपालको टिम विनिपेगले २० ओभरमा सात विकेट गुमाउ“दै लक्ष्य पूरा र्गयो । उसका शीर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाए पनि जित निकाल्न सफल भयो । उसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा दुई चौका र १० छक्का प्रहार गरेका थिए ।

यस्तै, सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोन बीचको सतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलबीच एक सय १७ रनको साझेदारी भएको छ । यो खेलमा सोमपाल पनि बेन्चमा रहेका थिए । यो जितले विनिपेगले तीन खेलमा चार अंक बनाउ“दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
५

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com