ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कुल विभागको विवाद टुंग्याउन नेकपाको सचिवालय बैठक बस्दै


एबीसी न्यूज
श्रावण १३, २०७६ सोमबार  १० : ५० बजे

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । हिजो कार्यव्यस्थताले गर्दा बैठक आज अपरान्हसम्म सरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजेपछि बोलाइएको बैठकमा विशेषगरी स्कुल विभाग प्रमुखका विषयमा देखिएको विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

सचिवालय बैठकले ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर भइरहेका छलफलले पनि पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने अन्तिम सहमति लागेको छैन । यसैविच, पूर्व एमालेका नेताहरुविच पुन यसविषयमा छलफल भएको छ । छलफलमा यो विषयलाई अब लामो विवाद नबनाई आजको बैठकबाटै टुंगो लगाउने सहमति भएको नेताहरुले बताएका छन् । स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ।

यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको भने टुंगो लागिसकेको छ । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा।पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com