ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप एसिया छनोट – सिंगापुरले दियो नेपाललाई १९२ रनको विशाल लक्ष्य


एबीसी न्यूज


काठमाडौं , १२ साउन आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १९२ रनको विजय लक्ष्य पेश गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीको प्रदर्शन सानदार रह्यो । उसले १९१ रनको योगफल खडा गर्न ६ विकेट गुमाएको हो । नेपाली बलरहरु प्रभावहीन खेलमा उनीहरुले घरेलु मैदानको राम्रो सदुपयोग गरे ।

नेपालले केहिबेरमा लक्ष्य पछ्याउन सुरु गर्नेछ । यूएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आजको खेलमा नेपालले सिंगापुरलाई हराउनैपर्नेछ ।

नेपालका लागि यो कीर्तिमानी लक्ष्य पनि हो । ट्वान्टी२० अन्तर्राष्ट्रिय नेपालले पाएको सर्बाधिक लक्ष्य हो । यो लक्ष्य पूरा गरेमा सर्बाधिक रन चेजको कीर्तिमान पनि बन्नेछ ।

सिंगापुरले दोस्रो ओभरमै आफ्ना ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको थियो । करण केसीले उनलाई आउट गरेका थिए । तर, त्यसपछि आएका तिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १०।४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

१८ औं ओभरमा अविनाशले सिंगापुरको २ विकेट झारे । ओभरको दोस्रो बलमा उनले विष्फोटक पारी खेलिरहेका डेविडलाई आउट गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । त्यसको २ बलपछि चेतन सूर्यवंशीलाई उनले खाता खोल्नै दिएनन् ।

१८।४ अ‍ेभरमा करण केसीले २७ बलमा ४२ रन बनाएर खेलिरहेका मनप्रित सिंहलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । अन्तिम ओभरमा अविनाशले जनक प्रकाशलाई बोल्ड गरेका थिए ।

डेथ ओभरमा प्रभावशाली देखिएका अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे । स्पिनरहरु सन्दीप लामिछाने र बसन्त रेग्मी आजको खेलमा महंगा सावित भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com