
सिरहा ,६ साउन । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर २ स्थित धङढा टोलमा वर्षाका कारण घर भत्किँदा एक बृद्धाको मृत्यू भएको छ । उक्त घटनामा तीन जना घाइते समेत भएका छन् ।
स्थानीय आजम राइनको घर भत्किदा छिमेकी नथुनी मियाँकी श्रीमती ५५ बर्षीया सफिना खातुनको मृत्यू भएको छ । घर भत्किँदा च्यापिएर खातुन घाइते भएकी थिइन् । तर उपचारको क्रममा धनगढी अस्पतालमै उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा घरधनी राइन दम्पती र उनका छिमेकी युवकसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको उपचार धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्